३ आषाढ २०८२, मंगलबार
Header

६ लाख सैतालिस हजार बढी बालवालिकाले पाए राष्ट्रिय परिचयपत्र


प्रकाशित: शुक्रवार, ११ माघ २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । ६ लाख ४७ हजार दुई सय ३८ बालबालिकाले जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त गरेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बताएका छन ।


देशभरका ६ हजार सात सय ४३ वडा कार्यालयहरूले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिने काम गरिरहेका छन्।


वि.स २०८० फागुन २७ देखि हालसम्म ती बालबालिकाको जन्मदर्ता प्रमाण पत्रमा नै राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गरिएको हो।


जन्मदर्ताको प्रमाणपत्रमा १३ अंकको जन्मदर्ता नम्बरसँगै १० अंकको राष्ट्रिय परिचयपत्रको नम्बर राखेर दिइरहेको विभागले बताए । 


नेपाली नागरिक १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दासमेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । 


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा (३) मा नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था छ ।


परिचयपत्र बनाएपछि सरकारले दिने विभिन्न सेवासुविधाको दुरूपयोग रोक्न पनि सहयोग पुग्छ। 


२०८२ साउन १ सम्म ७७ वटै जिल्लामा सरकारी सेवा सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराइने पञ्चिकरण विभागको तयारी छ।

 

24 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex