७ भाद्र २०८३, आइतबार
Header

६ महानगरमा उम्मेदारको नामवाली प्रकशित भएपछि मात्र मतपत्र छापिने


प्रकाशित: शनिवार, १० बैशाख २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । ६ महानगरपालकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्र मतपत्र छापिने भएको छ । 


शनिवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा दिएको जनाकारी दिएको हो । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार यो आयोगको पूर्वनिर्णय हो । 


प्रमुख आयुक्त थपलियाका अनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।


जस अनुसार राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिन्ह हुँदैन ।


बैशाख ११ र १२ गते उम्मेदवारहरुले आफ्नो उम्मेदारी मनोनयन गर्नु पर्ने निर्वाचन आयोगको कार्यतालिकमा छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex