४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

६ केजी यार्सागुम्बासहित एक पक्राउ


प्रकाशित: आईतवार, १७ भाद्र २०७५, १८ः०२ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले ६ केजी अवैध यार्सागुम्बासहित शनिवार नेपालगञ्ज उपहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका–६ बस्ने ३० वर्षीय श्रवर्ण कुमार बुढालाई अवैध रुपमा ल्याएको ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित नियन्त्रणमा लिएको हो । 


उनी नेपालगंज उपमहानगरपालिका–२० राझास्थित नेपालगंज बिमानस्थलमा डोल्पाबाट समिट बिमानमा नेपालगंज आएको बेला समातिएको हो । 


प्रहरीले उनको साथामा गोल्डटेक लेखेको डिजिटल तराजु समेत फेला पारेको छ । 


यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex