कठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको चर्चा यतिखेर शिखरमा पुगेको छ ।
दक्षिण एशियाको शक्तिशाली राष्ट्र भारतका प्रधानमन्त्री यतिखेर ६८ वर्षका भए तर पनि उनको अनुहारमा भने सधै स्वस्थ चमक देखिन्छ । मोदी आफ्नो ४ वर्षे प्रधानमन्त्रीत्व कालमा झनै सक्रिय देखिएका छन् ।
भर्खरै चीन भ्रमण सके लगत्तै नेपाल भ्रमणमा आउन लागेको मोदीको स्वस्थ बिषयमा भारती मिडियाहरु पनि उत्तिकै चर्चा हुने गरेको छ । भारतीय मिडियाका अनुसार मोदीको दिनचार्य विशेष हुने गरेकोले पनि खासै विरामी नदेखिएको हो ।
विहान ब्राम्ह मुहुर्त अर्थात ४–५ बजे उठिसक्ने मोदी योगलाई विशेष ध्यान दिने गरेको छ । दिनहुँ ६ घन्टा भन्दा बढी नसुत्ने उनको बानी छ । मर्निङ्ग वाकलाई नियमित बनाएका छन् ।
दिनहुँ १६ घन्टासम्म काम गर्ने मोदी शुद्ध शाकाहारी हुन् । उनलाइ गुजरातीपछि दक्षिण भारतीय खाना मिठो लाग्छ भने सलाद भने उनी खान छुटाउदैनन् ।
मोदी नान, दाल र सब्जी जस्ता शाकाहारी खाना विशेष रुचाउँछन् ।
मिडिया रिपोर्टका अनुसार निरन्तर काम गरे पनि थकाइ नहुन मोदी धेरै पटक हलुका खाजा खान्छन् । उनि अदुवा हालिएको चिया खान रुचाउँछन, उपवास पनि गर्छन् । यसै अन्तर्गत दशैँमा नौ दिन व्रत बस्छन् ।
Categorized in राष्ट्रिय