१५ बैशाख २०८१, शनिबार
Header

६५० एमजीको सिटामोल उत्पादन गर्ने तयारी


प्रकाशित: विहिवार, १० चैत्र २०७८, २०ः१५ बजे
- महानगरखवर

काठमाडौं । नेपालमा प्रयोग आईरहेको ५०० मिलिग्राम (एमजी) सिटामोलको तौल बढाउने तयारी गरिएको छ । 


औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले स्वास्थ्य मन्त्रालयसँग सोही विषयमा छलफल गर्ने भएको छ । 


स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने प्रस्ताव राखिएको छ । 


वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्लेका अनुसार ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएको छ । 


वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत पनि कोभिड–१९ का बिरामीमा सिटामोलले काम नगर्दा ठूलो समस्या आएको बताउँछन । अहिले डोज मिलाउनका लागि ६५० एमजी बनाउन राम्रै हुने डा. बस्नेतको सुझाव रहेका छ ।

 
नेपालमा ६५० एमजीको औषधि हालसम्म उत्पादन भएको छैन । स्वदेशी औषधि उत्पादकले सिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन दर्ता गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD