१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


प्रकाशित: आइतवार, १६ मंसिर २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । दशैभरी स्थानीय उपनिर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । 


निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूणर् वातावरणमा सम्पन्न भएको हो । 


निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि लगभग मतदान सकिएको बताएको छ ।


आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 


नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । 


उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।


काठमाडौंमा निर्वाचन


काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर-१ र ४ को वडाध्यक्षका लागि निर्वाचन भएको हो । 


काठमाडौं महानगर-१६ मा १० मतदानस्थल र २४ मतदान केन्द्र तोकिएको छ। कीर्तिपुरमा १० वडा, २० स्थल र ३८ केन्द्र छन्।


काठमाडौंमा उपनिर्वाचन भइरहेको चार वटै स्थानमा मतदान सकिएलगत्तै मतगणना सुरू हुने हुने आयोगका अधिकारीहरुले जनाएको छ।


जिल्ला निर्वाचन अधिकारी भट्टराईले कीर्तिपुरको मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा हुने जानकारी दिए। काठमाडौं-१६ को वडाध्यक्षको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए।


कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex