१३ बैशाख २०८१, बिहिबार
Header

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महानगरको अन्तरक्रिया


प्रकाशित: विहिवार, २१ चैत्र २०७५, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले एक अन्तरक्रिया गरी सहकारी दिवश मनाएको छ । 


महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको प्रमुख आथित्यमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगर भित्रका सहकारीको अवस्था र विकास बारे चर्चा गरिएको थियो  ।


प्रमुख अथिति उपप्रमुख खडगीले असल काम गर्नेको प्रशंशा र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पद्धति बिकास गरिने बताएको छ । 


उनले केही सहकारीले राम्रो काम गरेका छन । केहीको बदमासी पनि छ । बदमास नियत भएका सहकारीका कारण राम्रालाई राम्रो भन्न पनि पाइएन । यसलाई महानगरको अनुगमन समितिले महत्वपूर्ण बिषयका रुपमा लिएको छ । 


काठमाडौं महानगर क्षेत्रभित्र १,८५६ वटा सहकारी संस्था छन । तीमध्ये १,६४४ वटाको उद्देश्य, अरुले आर्जन गरेको रकम संकलन र ऋण प्रवाह गर्ने रहेको छ । 


अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै बिभागका प्रमुख नमराज ढकालले उद्यमशीलता तथा स्वरोजगारमुलक क्षेत्रलाई बढाउने सहकारीलाई प्रवर्धन गरिने बताए । 


अरुको पैसा बटुलेर त्यसलाई परिचालन गर्नुले सहकारीको मूल उद्देश्य बोक्न सक्दैन । सहकारी त उत्पादनमुलक हुनुपर्छ, ढकालको जोठ दिए । 


महानगरले अब बिषयगत सहकारीलाई प्रवर्धन गर्ने, अनुगमन तथा सुपरीवेक्षण गर्छ । बचत सहकारीलाई निरुत्साहित गर्दै शिक्षा र सचेतनामुलक कार्यक्रम अघि बढाउँछ, उहाँले आफ्ना आगामी कार्यक्रम ढकालले बताए । 


बिभागका उपनिर्देशक सुमन अधिकारीले सहकारीका बेथितिका सम्बन्धमा दैनिक औसत १० वटा उजुरी आउने गरेको बताउँदै, सहकारीका नाममा हुने गरेका बिकृत नियन्त्रण गर्न शुन्य सहनशिलता अपनाइने जानकारी दिए । 


अहिले महानगरका १८५६ सहकारी संस्थामा करीब २ लाख सदस्यहरु आवद्ध छन । यी सदस्यहरुबाट करीब ७ अर्ब रुपैयाँ शेयर, ५२ अर्ब रुपैयाँ बचत परिचालन भएको छ भने करीब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।


काठमाडौं महानगरपालिकाभित्र मात्र भौगोलिक कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको संस्थापन, प्रवर्धन, प्रशिक्षण र नियमनका सम्बन्धी काम सम्पादन गर्न गएको भदौ १ गतेबाट महानगरपालिका सहकारी बिभाग स्थापना गरिएको हो । 


यस प्रणालीबाट उनीहरुले महानगरलाई बुझाउनु पर्ने विवरण तथा प्रतिवेदन बुझाउन तथा महानगरसँग रियल टाइममा सोझै आफ्ना समस्या तथा सम्भावना पेश गर्न सक्नेछन । अहिले महानगरका १८५६ सहकारी संस्थामा करीब २ लाख सदस्यहरु आवद्ध छन् । यी सदस्यहरुबाट करीब ७ अर्ब रुपैयाँ शेयर, ५२ अर्ब रुपैयाँ बचत परिचालन भएको छ भने करीब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD