१० भाद्र २०८३, बुधबार
Header

६० किलो सुन प्रकरणमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ


प्रकाशित: शनिवार, २३ भाद्र २०८०, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ६० किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।


सिआइबीका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन । 


अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीले बताएको छ । 


त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex