७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

६० अर्बको अमेरिकी परियोजना एमसीसी भोलीबाट कार्यन्वयनमा जाँदै


प्रकाशित: मंगलवार, १२ भाद्र २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं ।  अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भोली (बुधवार)बाट नेपालमा कार्यन्वयन हुने भएको छ । 


मंगलवार सोही परियोजना औपचारिक रुपमा कार्यन्वयन गर्न एमसीसीका उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन ।


एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन । 


बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी गरिएको छ । 


एमसीसी कम्प्याक्टको एमओयूअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ । 


नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात करिब १७ अर्ब लगानी गर्नुपर्ने छ । दुवै रकम जोड्दा यो ७३ अर्वको परियोजना हुनेछ । 


कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ सहमति छ ।


यो योजना अब २०८५ भाद्र १३ गते भित्र उक्त परियोजनाका लागि तोकिएको कामहरु सम्पन्न गरिसक्नुु पर्ने हुन्छ । 


यस अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा एमसीसी परियोजना १२ बुँदे ब्याख्यात्मक टिप्पणीसहित सर्वसम्मत पारित गरिएको थियो । 


एमसीसी परियोजना नेपालको लागि खतरा हुने भन्दै खारेजको माग सदन देखि सडकसम्म उठेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex