९ भाद्र २०८३, मंगलबार
Header

५ हजार पाँचसय जना कर्मचारीले बुुझाएनन सम्पती विववरण


प्रकाशित: सोमबार, १२ जेठ २०८२, १७ः४९ बजे
- महानगरखबर

काठमाडौं । ५ हजार ५ सय जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।


केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्रले बुुझाएको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएको उल्लेख गरेको छ । 


अख्तियारले त्यो संख्या शून्य दशमलब ७ प्रतिशत मात्रै रहेको जनाएको छ । भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ ।


सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट करिब साढे २ करोड रुपैयाँ जरिबाना संकलन हुने देखिन्छ ।


प्रतिवेदन बुझ्दै अख्तियार दुरुपयोगद अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण संकलन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन निर्देशन दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex