१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

५ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालकी घिमिरे विजयी


प्रकाशित: २०७५ श्रावण १५
- करुण

५ देशका ५२ प्रतिस्पर्धीहरुबीच भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा उपाधी नेपालको हात परेको छ ।

गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकि साइब्या घिमिरेले उपाधी जित्न सफल भइन् । ५ देशका ५२ प्रतिस्पर्धीबलाई पछि पार्दै घिमिरे विजेता बनेकी हुन् । त्यसैगरी नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर अप भए । 

लिटिल विधातर्फ नै नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक टाइटल जिते ।

पाँच जना नेपाली प्रतिस्पर्धीले उपाधीका साथमा अन्य विधामा पनि विभिन्न टाइटल हात पारेका छन् । 

टिन एस्थेटिक्स किड्स फेसन रनवेमा भने नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोश्रो भइन् । त्यसैगरी नेपालका तर्फबाट प्रतिस्पर्धामा भाग लिएकि महिमा बज्राचार्यले यस विधामा ट्यालेन्टेड पर्सनालिटिज जित्न सफल भइन् ।

 

 

गत वैसाखमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौंमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीहरुले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन् । नेपालको विजयी प्रतियोगीको हैसियतले पाँच जना प्रतिस्पर्धीलाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले भारतमा यस प्रतियोगीतामा सहभागी गराएको हो ।

भारतमा सम्पन्न प्रतियोगीतामा पनि नेपाली प्रतिस्पर्धीहरुका लागी नेपालका ईन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले कोरीयोग्राफी गरेका थिए भने प्रतिस्पर्धीहरुको ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकि हुन् । 

यस किसिमका प्रतियोगीताहरुले मिस वल्र्ड जस्ता प्रतियोगीताको लागी समेत आधार बनाउँदै जाने इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले बताउनुभयो । ‘ससाना भाईबहिनीहरुले पनि यसरी अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन जाने वातावरण बनेको छ । आज यसरी अन्तर्राष्ट्रिय प्रतियोगीता समेत जितेर नेपालले भविष्यमा मिस वर्ल्डको उपाधी पनि जित्न सक्छ भन्ने प्रमाणित भएको छ’ फैजुको भनाई थियो ।

प्रतियोगीतामा नेपाल र भारतको साथै दुबई, सिंगापुर र मलेसियाबाट समेत प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex