२७ बैशाख २०८१, बिहिबार
Header

५९ वटा चाँदीका औठी तथा बाला सहित २ पक्राउ


प्रकाशित: बुधबार, १६ जेठ २०७५, १२ः५६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले ५९ वटा चाँदीका औठी तथा बाला सहित २ जनालाई पक्राउ गरेको छ ।

 
प्रहरीले चितवन राप्ती नगरपालिका–१ बस्ने २३ बर्षीय जितबहादुर सुनार र २३ बर्षीय सुरेश सुनारलाई प्रहरीले अवैध चाँदीका ५९ वटा औठी, ७ वटा बाला र ३ वटा रबर बाला सहित पक्राउ गरेको जनाएको छ ।

 
हेटौडा उपमहानगरपालिका–१५ पिपलचौतरा स्थित पथलैयाबाट हेटौडातर्फ आँउदै गरेको बा।३ ख ३१३१ नम्वरको बसलाई मंगलबार चेक गर्दा उनीहरुको साथबाट उक्त अवैध चाँदीका औठी र बाला बरामद भएको थियो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD