२८ बैशाख २०८१, शुक्रबार
Header

५५ तोला चाँदी र करिब १ लाख नगदसहित २ पक्राउ


प्रकाशित: शनिबार, २६ जेठ २०७५, १९ः२८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले ५५ तोला चाँदी र करिब १ लाख नगद सहित २ जनलाई हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट  शुक्रबार पक्राउ गरेको छ ।

 
पक्राउ पर्नेमा  भारत उत्तर प्रदेश मथुरा घर भएका ४० वर्षीय कपिल अग्रवाललाई बिल नभएको चाँदी ५५ तोला ५० लाल , नगद नेपाली ७२ हजार रुपैयाँ र भारतीय २१ हजार २ सय १० रुपैयाँ सहित पक्राउ गरेको छ ।

 
त्यसैगरी प्रहरीले अग्रवालसंगै रहेका बारा विश्रामपुर गाउँपालिका–५ घर भई हेटौँडा उपमहानगरपालिका–२ संगमचोकमा जय श्री जगदम्बा ज्वेलर्स पसल संचालन गरी बस्ने ३५ वर्षीय सुजित साहलाई समेत नियन्त्रणमा लिएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD