१५ चैत्र २०८०, बिहिबार
Header

५३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, ५ जेठ २०७७, १६ः२६ बजे
- महानगरखबर

काठमाडौं । बाँके जिल्लामा एकै पटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


भेरी अस्पतालमा उनीहरुको परिक्षण गर्दा कोरोना पोजिटिभ पाइएको हो । १९० जनाको स्वाब परिक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो । 


४६ जना पुरुष र १ जना महिलामा कोरोनामा देखिएको हो ।


त्यसैगरी मोरङका एक जना, गुल्मीमा एक जना, धनुषामा एक जना, रौतहटमा एक जना, दाङमा एक जना, धादिङका एक जना गरी ६ जना थपिएका छन ।


नेपालमा संक्रमितको संख्या ३५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 


निको हुने संख्या ३६ जना पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD