२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री, १ अर्बको ७२ करोडको कारोबार


प्रकाशित: शनिबार, २ असार २०७५, १६ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री हुँदा धितोपत्र बजारमा  रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ ।

 
गत साता भन्दा २.१४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता शेयर रु एक अर्ब ६८ करोड ४५ लाख छ हजार खरिद बिक्री भएका थिए ।

 
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७ दशमलव ३० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ६५ अंकले बढेर २६१ दशमलव ८१ अंकमा पुगेको छ ।

 
यस साता मेगा बैंक अग्रस्थानमा रहेको छ ।  सो बैंकको रु नौ करोड ९७ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्तानमा रहेको छ । सो बैंकको चार लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex