३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

४२ लाख घुस लिएको आरोपमा बबरमहलबाट एक वकिल पक्राउ


प्रकाशित: शुक्रवार, २४ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले शुक्रबार बबरमहलबाट थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा एक वकिलाई पक्राउ गरेको छ । 


महानगरीय अपराध महाशाखाको टोलीले थुनामा रहेको व्यक्ति छुटाइदिने घुस लिएको आरोपमा अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो ।


महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ ।


उनले राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको आरोप छ । दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो । 


नख्खु कारागारमा रहेका दाहाललाई २०७५ मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex