२२ बैशाख २०८१, शनिबार
Header

४० लाख कोभिड विरुद्धको खोप डिस्पोजल गर्दै सरकार


प्रकाशित: शनिवार, ६ माघ २०८०, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले कोभिड–१९ (कोरोना भाईरसविरुद्ध)का ४० लाख मात्राको खोप विसर्जन (डिस्पोजल) गर्ने तयारी गरेकको छ ।


चाईना सरकारले अनुदानमा दिएको कोभिड विरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको हो । 


उक्त खोप बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका थियो ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उक्त खोप बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । 


बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।


प्रवक्ता बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । 


उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD