१७ बैशाख २०८१, सोमबार
Header

४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिक महानगरले जफत गर्ने


प्रकाशित: शुक्रवार, १२ साउन २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिको ४० माईक्रोनभन्दा कम माटाइको प्लाष्टिक महानगरभित्र निषेध गरेको छ । 


महानगरले सो माईक्रोनभन्दा कम मोटाइको प्लाष्टिक पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले ती प्लाष्टिकका बस्तुहरुलाई निषेध गर्न महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्ने बताएका छन । 


प्रमुख साहले बजारमा ४० माइक्रोनमिटर भन्दा कम मोटाइको प्लाष्टिक भेटिए महानगर प्रहरीले जफत गर्ने चेतावनी समेत दिएका छन । 


उनले भने,‘ हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ ।’


अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन समेत उनले अनुरोध गरेका छन । 


‘प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि हो भन्दै उनले भने,‘ प्लाष्टिकले हामीलाई कति हानी गरिरहेको छ भन्ने कुरा आममानसमा महसुस हुन सकेको छैन ।’


प्लाष्टिक नाप्न महानगरले माइक्रोमिटर प्रयोग गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD