११ बैशाख २०८१, मंगलबार
Header

४ः३० मा सी काठमाडौं आईपुग्ने, यसरी स्वागत गरिँदैछ (फोटो फिचार)


प्रकाशित: शनिवार, २५ असोज २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । बहुचर्चित चनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमण तालिका सार्वजनिक गरिएको छ । 


दुई दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी आज (शनिवार) ४ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका सार्वजनिक गरिएको छ ।


सीका लगि विमानस्थल शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका सबै व्यवासायिक उडान स्थगित गरिने भएको छ । 


विमानस्थलमा अवतरण गरेपछि  सार्वजनिक गरिएको तालिकाअनुसार साँझ ६ः३० बजे चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम छ । 


यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले बताएका छन ।  


त्यसैगरी साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम छ । 


आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ ।


आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ । आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ ।


विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनै पनि उडान हुने छैनन । 


सीको भ्रमणलाई सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रधानमन्त्री ओलीले समेत सी को सवारी हुने बाटो निरिक्षण गरेका छन । 


त्यसैगरी भ्रमणको समय सार्वजनिक यातायात सबै बन्द हुनका साथै सडक किनारामा केही पनि उभिन पाउने छैन । 

 

 

 

 

 

तस्वीर सबैः समाजिक सञ्जालबाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD