१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

३ सरकारी अस्पतालमा चौध बर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार हुने


प्रकाशित: आइतवार, ११ कात्तिक २०८१, १९ः२५ बजे
- महानगरखवर

काठमाडौं । चौध बर्षमुनिका बालवालिकाको निःशुल्क क्यानसर उपचार गरिने स्वास्थ्य तथा जनसंख्याका मन्त्री प्रदीप पौडेलले निणर्य गरेका छन ।

 
मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निणर्य गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निणर्य गरेका हुन् ।


मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ । 


त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 


नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । 


ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निणर्य गरिएको मन्त्री पौडेलले बताए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex