४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

३ बालबालिका बन्धक बनाई लुटपाट गर्ने पक्राउ


प्रकाशित: आईतबार, २४ भाद्र २०७५, १४ः५४ बजे
- महानगरखबर

काठमाडौं । संखरापुर – ५ शालिनदी शाँखुका ३ जना बालवालिकालाई बन्धक बनाई लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा सोही वडा बस्ने मेलम्ची नगरपालिका–११ का २० बर्षीय सजक मिजार रहेका छन् । प्रहरी उनलाई शनिवार पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


उनले बालवालिकालाई सोही स्थानमा बन्दै गरेको घरमा लगेर बन्धक बनाई साथमा रहेको सुनको मुन्द्रा २ थान, चाँदीको मुन्द्रा २ थान, सिक्री १ थान र ब्याग लुटेका थिए । 


सजकले बालवालिकाको अभिभाबकलाई फोन गरी २५ हजार लिएर आउनु भनी बालवालिकालाई छाडी दिएको बताइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex