काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय उपनिर्वाचनमा ३ पालिकाको उपप्रमुखमा महिलानै उपप्रमुख उम्मेदवार हुने निर्णय गरेको छ ।
आयोगका अनुसार दलहरुले जाजरकोटको नलगाड नगरपालिका,दोलखाको गौरीशंकर गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ ।
आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।
काठमाडौंको कीर्तिपुर नगरपालिका, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ ।
आयोगले आगामी १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकेको छ ।
Categorized in स्थानिय