२० बैशाख २०८१, बिहिबार
Header

३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटयान्स भित्रियो


प्रकाशित: शुक्रवार, २४ कातिक २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 


राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार साउन, भदौ र असोज महिनामा उक्त रकम नेपाल भित्रिएको हो । 


गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स ३० प्रतिशतले बढी हो  अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । 


अमेरिकी डलरमा भने यो साउन, भदौ र असोजमा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ । 


समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ कायम भएको छ । 


वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २९७ कायम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD