१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

३८ तोला सुनको गहना सहित ५ जना पक्राउ


प्रकाशित: आईतवार, २८ मंसिर २०७७, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले ३८ तोला सुनका गहनासहित ५ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।


महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार उनीहरुलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको हो । 


काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– २ की माइली तामाङको घरबाट गहना चोरेर फरार उनीहरु फरार भएका थिए । 


पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका(११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका(१ का २३ वर्षका राम तामाङ, धुलिखेल(७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षका राजन तामाङ रहेका छन ।


प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट२३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex