८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

३५ लाख धरौटीमा रिहा भए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल 


प्रकाशित: विहिवार, १२ असार २०८२, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमा संलग्न भएको आरोपमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अदालतले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 


बुधबार दिउँसोदेखि जारी बहसपछि राति साढे ९ बजे विशेष अदालतको इजलासले आदेश सुनाएको हो । 


नेपालले धरौटी रकम ग्लोबल आइएमई बैंकमार्फत जमानत बुझाएपछि उनी राति साढे ११ बजे अदालतबाट मुक्त भएका हुन ।

 
नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलि कम्पनीलाई काभ्रेमा ३ सय १४ रोपनीभन्दा बढी जग्गा दिन अनुमति दिइएको थियो । 


सो निर्णय गैरकानुनी भएको र त्यसबाट १८ करोड ५८ लाखको राज्यलाई हानि पुगेको भन्दै अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


नेपालको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, गोविन्द बन्दीलगायत १ सय ३१ जना कानुन व्यवसायीले निःशुल्क प्रतिरक्षा गरेका थिए । 


विशेष अदालतले प्रारम्भिक प्रमाणका आधारमा धरौटीमा रिहा गर्ने आदेश दिए पनि आवश्यकताअनुसार थुनामा राख्न सकिने उल्लेख गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex