५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

३५ दिने सुचना अटेर गरेपछि काठमाडौं महानगरले चलायो डोजर


प्रकाशित: बुधवार, ८ भाद्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास विनाको संरचना भत्काउन सुरु गरेको छ । 


बुधवार महानगरले खिचापोखरी स्थित आरबी मल कम्पलेक्स र काठमाडौं मलका नक्सा विपपरितका संरचनाहरुमा डोजर चलाएको छ । 

 


महानगर प्रमुख बालेन्द्र साह (वालेन)को उपस्थितीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौंमा मापदण्ड र अनुमति बिना बनाएका संरचनाहरू भत्काएको हो । 


प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो ।  नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ । 

 


त्यसैगरी आजै काठमाडौं मलका अबैध संरचनाहरु पनि भत्काएको छ । रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो ।


३५ दिने सूचनाको अटेर गरेपछि महानगरले अवैध संरचना खडा गरेर बनाइएका पसल हटाएको हो । 


यस अघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर अबैध संरचना हटाउने अयिभान सुरु गरेको थियो । 


आजै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।


दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex