२३ बैशाख २०८१, आइतबार
Header

३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै महानगर


प्रकाशित: मंगलवार, ९ असोज २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ । 


महानगरले इच्छुक गाउँपालिकाले असोज २५ गते सम्म एम्बुलेन्सको माग गर्न आव्हान समेत गरेको छ । माग भएका निवेदनहरुबाट निश्चित मापदण्ड पुरा गरेकोहरुलाई एम्बुलेन्स प्रदान गरिने महानगरले जनाएको छ । 


एम्बुलेन्स मागको लागि निवेदनको ढाँचा समेत सार्वजनिक गरिएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा बजेटमा व्यवस्था भए अनुसार नेपाल भरिका गाउँपालिकाहरुलाई मागको आधारमा उक्त संख्या एम्बुलेन्स दिने भएको हो । 

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD