१६ चैत्र २०८०, शुक्रबार
Header

३५,८९४ मत गनिसक्दा काठमाडौं महानगरमा कसको कति ?


प्रकाशित: बुधवार, ४ जेठ २०७९, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको बुधवार विहान पछिल्लो मतपरिणाम अपडेट गरेको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलयले विहान ९ बजेर १५ मिनेटमा भएको अपडेट अनुसार अहिलेसम्म ३५ हजार ८९४ मत परिणाम गनिसकिएको छ । 


मतपरिणाम अनुसार नेकपा एमाले मेयर उम्मेदवार केशव स्थापितले ७ हजार ३६४ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले ६ हजार ४९४ मत ल्याएकी छन । 


मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार ६८८ मत पाएर सबैभन्दा अग्रस्थानमा छन । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले भने ८२२ मत पाएका छन । 


त्यसैगरी उमेयरमा एमालेकी सुनिता डंगोलले १३ हजार ४०८ मत पाएर अग्रता लिएकी छिन भने गठबन्धनका नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४ हजार ११५ मत ल्याएका छन ।

 
स्वतन्त्रकी उपमेयर उम्मेदवार विद्या श्रेष्ठले १ हजार ६९ मत पाएकी छिन । राप्रपाकी विनिता मगैयाले २०५५ मत पाएकी छिन । 


यो मतपरिणाम १, २, ३, ४, ५, ६, ७, २९, ३०, ३१र ३२ वडाको हो । अहिलेसम्म वडा नम्बर १, २, ३, र ५ को मतगणना सम्पन्न भईसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD