काठमाडौँ । काठमाडौँ महानगरवासीहरुले ६ दिनमा ३३ हजार बढी महानगरबासीले कोरोना भ्याक्सिन लगाएका छन ।
महानगरका शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार शुक्रवारसम्म ३३ हजार १ सय ३७ जनाले खोप लगाएको लगाएका छन ।
१७ हजार ३ सय ८९ जना पुरुष र १५ हजार ७ सय ४८ महिलालले खोप लगाईसकेको विभाग प्रमुख कुँवरले जानकारी दिए । महानगर क्षेत्रका १४ खोप केन्द्रबाट ६५ बर्षमाथिका महानगरवासीलाई फागुन २३ गतेबाट खोप दिँदै आएको छ ।
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खोप केन्द्रहरुको अनुगमन गर्दै महानगरवासीलाई ढुक्क सँग खोप लगाउन आग्रह समेत गरेका छन ।
अनुगमनको क्रममा प्रमुख शाक्यले जनमैत्री अस्पताल बालाजु खोप केन्द्रमा धादिङकी दण्डकुमारी ढकालसँग खोप लगाएपछिको अवस्थाको बारेमा प्रतिक्रिया समेत लिएका थिए ।
कोप केन्द्रमै खोप लगाएपछि काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको चिया–कुकिजको व्यवस्था गरेको छ ।
त्यसैगरी महानगरका प्रमुख शाक्य प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्वन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित विरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा अनुगमन गरे ।
Categorized in स्वास्थ्य