४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

३३ वटा मेलमिलाप केन्द्र स्थापना गर्दै महानगर


प्रकाशित: विहिवार, ५ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएको छ । 


प्रत्येक वडामा १÷१ वटा मेलमिलाप केन्द्र र केन्द्रमा एक वटा गरी ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएको हो । 


महानगरका अनुसार सो मेलमिलापको लागि १३३ वटा मेलमिलापकर्ताले महानगरपालिकामा काम गर्ने भएका छन । अहिले मानव संशाधन महाशाखाले ३ चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ उत्पादन भएका छन ।


थप ६० जनाले अन्यत्रबाट तालिम लिई महानगरमा काम गर्न सुचिकृत हुन आवेदन समेत दिएको महानगरले जनाएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले बुधवार मेलमिलापकर्तालाई सपथ ग्रहण गराएका थिए भने तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरीप्रसाद खतिवडाले प्रमाण पत्र प्रदान गरेका थिए । 


प्रमुख बिद्यासुन्दर शाक्यले पक्ष बिपक्षका विवादलाई दुवै पक्षको जीत हुने ठाउँमा पु¥याउन मेलमिलापकर्तामा धैर्यता, सहनशिलता र कुशलतापूर्वक काम गर्ने सीप चाहिने उल्लेख गरे । 


मेलमिलापकर्ताको सक्रियताले नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घट्ने प्रमुख शाक्यले बताए । 


सो अवसरमा महानगर उपप्रमुख हरिप्रभा खड्गीले उचित समयमा निर्णय नहुनु न्याय नपाउनुसहर हो । त्यसैले अब वडामा गठन हुने मेलमिलाप केन्द्रलाई शशक्त बनाउनमा आफनो ध्यान जाने बताए । 


समाजका सृजना भएका बिबादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य तथा बाँकी ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको न्यायाधिश खतिवडाले बताए । 


उनले भने,‘ त्यसैले पक्ष बिपक्ष राखेर गरिने मेलमिलाप विवाद निरुपणको सबैभन्दा उत्तम उपाय हो ।’


नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीका अनुसार मेलमिलाप परिषद्बाट स्वीकृत पाठ््यक्रममा आधारित मेलमिलाप सम्बन्धि तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउँछन । यो तालिम ४८ घण्टाको हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika