१२ भाद्र २०८३, शुक्रबार
Header

३३ केज सुन तस्करी र हत्या प्रकरण ः समितिको म्याद ५ गते सकिँदै गोरे र सुन नभेटिदाँ मुद्दा कमजोर बन्दै


प्रकाशित: मंगलबार, १ जेष्ठ २०७५, ०९ः४२ बजे
- जेम्सज्वेलरीखवर

काठमडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरण अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठित गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वको विशेष समितिको म्याद जेठ ५ गते सँकिदैछ ।


समितिले अहिले सम्म ६३ आरोपी मध्ये ३३ नियन्त्रणमा लिई मोरङमा जिल्ला अदालतमा जारी ‘थुनछेक बहष’मा प्रतिवादीतर्फका वकिलहरुले बहष गरिरहेको छ भने सरकार तर्फबाट बहष सकिसकेको छ ।

 
समितिले पछिल्लो अनुसन्धानमा सो सुन तस्करी प्रकरणमा संग्लन थप अभियुक्तहरुलाई धमाधम समात्ने कार्यसँगै सोसँग जोडिएको अनेकन पाटाहरु पनि बाहिर ल्याउने काम गरिरहेको छ ।

 
जेठ ५ गते म्याद सकिन लागेपनि म्याथ थपिने विश्वास समितिले लिएको छ । यसबिचमा धेरै कुराहरु बाहिर आउने स्रोतले बताएको छ । समितिका एक सदस्यका अनुसार मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ र हराएको भनिएको ३३ केजी सुन खोजी कार्यलाई तीब्र भएको जनाएको छ ।


यता प्रतिवादीतर्फका बकिलहरुले मुद्दाको मुख्य विषय रहेको ३३ केजी सुन अदाललत समक्ष पेश नभएकोले ठोस प्रमाणको अभावको जिकिर गर्दै आरोपीहरुलाई छोड्न अदालतसमक्ष माग गरेको छ ।

 
हराएको सुन र मुख्य अभियुक्त गोरे नभेटिँदा मुद्दा कमजोर हुने प्रवल सम्भावना रहेको कानुन व्यवसायीहरुले वताएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex