२५ बैशाख २०८१, मंगलबार
Header

३३ केजी सुन भेटाउन समिति असफल, तस्करीको ¥याकेट पर्दाफास गर्न भने सफल


प्रकाशित: मंगलबार, १ साउन २०७५, १८ः३५ बजे
- अजय खड्गी

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणको लािग गठित उच्चस्तरीय छानविन समितिको सोमबार म्याद सकिएको छ । म्याद सकिएपछि समिति आफ्नो कार्यप्रगति विवरण तयार गर्न व्यस्त छ ।

 
दुई पटक म्याद थप पाएको समितिले अदालतलाई ठोस प्रमाणको रुपमा पेश गर्ने हराएको भनिएको ३३ केजी सुन फेला पार्न असफल भएपनि सोसँग जोडिएको अभियुक्तहरुलाई भने अदालतमा पेश गरी मुद्दा चलाउन सपल भएको छ ।

 
साथै समिलिते अहिले सम्मका नेपालमा कसरी सुन तस्करी हुने रहेछ भन्ने कुराका पर्दाफास गर्न सफल भएको छ । नेपाल सरकारका उच्च प्रहरी अधिकारीहरुको सेटिङमा सुन तस्करी हुने कुरा समितिले बाहिर ल्याएपछि सबै अचम्म भएको थियो ।

 
तस्करीको ¥याकेट ध्यवस्त पारिएको समितिले दावी गरेको छ । अहिले सम्म ४६ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । ती सबै पुर्पक्षका लािग थुनामा रहेका छन् । ७० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो बाँकी अझै पनि फरार रहेका छन । 


केही दिन अघि मुख्य आरोपी चुडामणी उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेती युइएमा पक्राउ परेका छन् । उनीविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेको थियो ।

 
त्यसैगरी समितिले गोरेको श्रमिति, ३३ केजी सुन तस्करीको मुख्य लगानीकर्ता एमके अग्रवालविरुद्ध पनि रेडकर्नर नोटिस जारी गरेको छ ।

 
समितिले हराएको भनिएको ३३ केजी सुनको ८० प्रतिशत भारतमा गएको दावी गरेको छ । २० प्रतिशत अझै नेपालम रहेको जनाएको छ । केही समय अघि नागढुंगाबाट फेला परिएको ३ केजी सुन ३३ केजी सुनकै हिस्सा भएको समितिको भनाई छ ।

 
गत साल माघ ९ गते अनामनगरबाट लुटिएको ३३ केजी सुन कसरी लुटिएको र कहाँ लगिएको भन्ने बारे समितिले अहिलेसम्म पत्तो पाउन सकेको छैन ।

 
३३ केजी सुन तस्करी प्रकरणमा सनम शक्य, सानु बन लगायत ५ जनाले ज्यान गुमाउनु परयो । सुन फेला पार्ने जिम्मेवारी अब अब मोरङ प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को जिम्मा आएको छ । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD