काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी काण्डका अभियुक्तहरुसँग आईतबार प्रतिवादीतर्फका वकिलहरुले गरेको ‘थुनछेक बहष’मा आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।
उनीहरुले सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै प्रतिवादीका तर्फबाट बहस गर्ने क्रममा सो माग गरेका हुन ।
जिल्ला अदालत मोरङको इजलासमा जारी बहस ४ जना कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रतिवादीतर्फबाट बहस गरेका थिए ।
तस्करी गरिएको भनिएको ३३ केजी सुन हालसम्म बरामद नभएकोले अभियुक्तहरुमाथि लगाईएको आरोप पुष्टि गर्ने ठोस प्रमाण नहुँदा आरोप प्रमाणित हुने आधार नभएको बताएका थिए ।
तस्करी सुनमा लगानी गर्ने भनिएका व्यापारी भुजुङ गुरुङ र निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठले बहस गरेका थिए ।
त्यसैगरी पूर्व्डिआईजी गोविन्द निरौलाको तर्फबाट पनि श्रेष्ठले बहस गरेका थिए भने एसपी खनालको पक्षबाट अर्का वरिष्ठ अधिवक्ता यदुनाथले समेत बहस प्रस्तुत गरेका थिए ।
उनीहरुले यस मुद्दाको कार्यक्षेत्र मोरङ नभएको जिकिर गरेका थियो ।
Categorized in राष्ट्रिय