काठमाडौं । तस्करीकोे ३३ केजी सुन प्रकरणमा छानविन समितिले धमाधम प्रहरी अधिकृतहरुलाई नियन्त्रणमा लिन थालेको छ ।
समितिको अनुसन्धानमा ३३ केजी सुन प्रकरणमा हत्या भएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पनि शंकाको घेरामा परेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान गर्न गठित समितिले आइतबार बयान लिएपछि डिएसपी केसीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।
प्रहरीले टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् ।
Categorized in राष्ट्रिय