२० बैशाख २०८१, बिहिबार
Header

३३ केजी सुन प्रकरणका एक फरार अभियुक्त दुवईमा पक्राउ


प्रकाशित: सोमबार, २९ असोज २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन प्रकरणमा परार रहेका एक अभियुक्त युएईमा पक्राउ गरी काठमाडौं ल्याएको छ । 


इन्टरपोल प्रहरीको सहयोगमा सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका परेको प्रहरीले जनाएको छ । 


प्रहरीले अभियुक्त श्रेष्ठलाई आइतबार दिउँसो ३ बजेतिर काठमाडौँ ल्याएको नेपाल हो । 


जिल्ला अदालत मोरङमा श्रेष्ठ विरुद्ध फरार अभियुक्तका रूपमा मुद्दा दर्ता भई खोजीको सुचिमा रहेको थियो । 


सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ । 


सरकारले सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD