७ जेठ २०८१, सोमबार
Header

३३ केजी सुन प्रकरणका अग्रवाल र सिलवाललाई धरौटीमा छाड्न आदेश


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन प्रकरणमा समातिएका सञ्जय भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ । 


बिहीबार उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनको लगानीकर्ता भनिएका अग्रवाल र  सिलवाललाई जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।


बिहीबार भएको सुनुवाईपछि अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।


सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न अग्रवालले लगानी गरेको आरोप थियो भने सिलवालले सुन कारोबारमा सहयोग गर्ने गरेका थिए ।


जिल्ला अदालत मोरङले सुन तस्करी तथा शाक्य हत्या प्रकरण मुद्दामा गत भदौ १३ गते प्रभात अग्रवालसहित आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साह र भारतीय नागरिक बिमल पोद्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD