१२ भाद्र २०८३, शुक्रबार
Header

३३ केजी सुन तस्कर प्रकरणमा फरार एसएसपी खत्रीद्धारा आत्मसर्पण


प्रकाशित: बिहिबार, १७ जेठ २०७५, १२ः१८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्कर प्रकरणमा फरार प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन ।


सरकारले एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो ।

 
खत्री देश बाहिर भएको सूचना पाएपछि मोरङ प्रहरीको आग्रहमा नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोल मुख्यालयलाई अनुरोध गरेको थियो ।

 
त्यसैगरी शाखाले एसएसपी खत्रीसँगै गोरेका भाई रमेश उप्रेती र तस्करीको सुन मालिक भनिएका मोहनकुमार अग्रवालको नाममा पनि डिफ्यूजन नोटिस जारी भएको छ ।


उनीहरुलाई अब १ सय ९२ देशको प्रहरी खोजी गर्नेछन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex