१३ भाद्र २०८३, शनिबार
Header

३३ केजी सुन तस्करी प्रकरण ः भोलीदेखि थुनछेक बहष सुरु, प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या ७० नाघ्ने


प्रकाशित: बुधवार, २६ बैशाख २०७५, ९ः०० बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३० आरोपीहरुको बयान सकिएको छ । आज कानुन दिवसको अवसरमा आदालतको कामकार्बाही बन्द हुने भएकोेले भोली देखि थुनछेक बहष सुरु हुने भएको छ ।


सनम शाक्य हत्यासंग जोडिएको ३३ केजी सुन प्रकरणले तस्करीहरुको रयाकेटको पर्दाफास गरेपछि अहिले देशकै सर्वाधिक चर्चित मुद्दा बनेको छ ।  


प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या ७० पुग्ने अनुमान गरिएको छ । मंगलबारसम्म ‘वकालतनामा’ दर्ता गर्नेको संख्या ४४ पुगेको अदालतको मुद्दा शाखाकाका एक अधिकारीले वताएका छन् ।

 
मुद्दामा प्रहरीले कुल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । 


जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex