काठमाडौँ । ३३ केजी सुन तस्करी प्रकरणको लागि गठित छानविन समितिको आदेशमा प्रहरीेले दुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंबाट दोलखा स्थायी ठेगाना भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धीकाली मनी ट्रान्सफर चलाएर बसेका बिनोद अधिकारीलाई पक्राउ गरेको हो ।
३३ केजी सुन तस्करीका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’सँग पक्राउ परेका यी दुईको आर्थिक कनेक्सन देखिएपछि समितिले नियन्त्रणमा लिएको हो ।
Categorized in राष्ट्रिय