१३ भाद्र २०८३, शनिबार
Header

३३ केजी सुन तस्करी प्रकरणमा नदेखिएका पात्रहरुको खोजी किन गरिएन ?


प्रकाशित: शनिबार, ५ जेठ २०७५, १५ः५० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । सनम शाक्यसँग हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा हाल सम्म प्रत्यक्ष देखिएको ६३ आरोपीहरुमध्ये ३२ अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा चलाई सकिएको छ ।


मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लगायतको खोजी प्रहरीले तीव्र बनाएको छ तर ३३ केजी मात्र नभई लामो समयदेखि नेपालमा सुन तस्करीप्रकरणमा सहयोगी भूमिका खेल्ने नदेखिएको पात्रहरुको खोजी नहँुदा तस्करीमा लगाम लगाउन खोजिएको सरकारको प्रयासमा धक्का नलाग्ला भन्न सँकिदैन ।

 

गोरे समूहले सुन दुबईबाट तस्करी गरेको कुरा प्रष्ट रुपमा खुलेको छ तर सुन दुवईबाट नेपालमा ल्याउन गरिने सेटिंगमा नदेखिएको पात्रहरुको भुमिकाको चर्चा हुन जरुरी देखिन्छ साथै उनीहरुलाई पनि सजायको भागिदार बनाउन सरकारले कदम अघि बढाउनु पर्दछ । 


एक अनलाईनमा आएको समाचारलाई आधार मान्ने हो भने नदेखिएको पात्रहरुको सुन तस्करीमा अहम भूमिका देखिन्छ ।


लामो समयदेखि दुबईमा बसी नेपालमा सुनको अवैध कारोबार गर्ने किसन अग्रवाल, हरिशरण खड्का, केशव चापागाई, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, राजन पन्थी, गोपी भुसाल, छविलाल कुँवर र पवन कुँवर भने अनुसन्धानको दायरामा पनि परेनन् साथै उनीहरुलाई प्रतिवादी समेत बनाइएन ।


यस अघिनै ३३ केजी सुन प्रकरणमा २०७३ पुस २१ गते पक्राउ परेका दिलबन्धु थापाले नै बयानमा खुलाएका थिए ।


प्रहरीले बुझाएको अभियोग पत्रमा समेत गोपी भुषाल, किसन अग्रवाल लगायतले पटक पटक सुन मगाएको देखिएको छ । उनीहरुले सन् २०१५ देखि सुनको अर्डर गर्ने गरेको देखिएको छ । 


अभियोग पत्रमा उल्लेख गरिएको रेकर्ड अनुसार सन् २०१५ जुलाई  देखि २०१८ सम्म ५२१ नेपाल भित्र्याएको देखाइएको छ जसमा भुषालले मात्र २८ पटक सुन मगाएको देखिएको छ ।


अहिलेसम्म अनुसन्धानबाट बच्दै आएका गोपी भुषालदेखि किसन अग्रवालको दुबईमा मोबाइलको पसल तथा विभिन्न काममा आवद्ध रहेका छन् । तर उनको असली काम भने सुन तस्करी हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex