६ जेठ २०८१, आइतबार
Header

३३ केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका चार प्रहरी अधिकृतसहित ११ जनाले साधारण तारेखमा छोड्न माग


प्रकाशित: सोमबार, ११ असार २०७५, १८ः४७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी  प्रकरणमा थुनामा रहेका चार प्रहरी अधिकारीसहित ११ जनाले साधारण तारेखमा छोड्न माग गर्दै निवदेन दर्ता गराएका छन् ।

 
उनीहरुले जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । निवेदन दर्ता गर्नेहरुमा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायत छन् ।

 
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालतमा निवदेन दर्ता गराएका हुन् ।

 
अदालती बन्दोबस्तको १७ नम्बरमा पुनरावेदन सुन्ने अदालतले मातहतका अदालतमा परेका मुद्दाको कारबाहीमा म्याद नाघेको वा प्रक्रिया नपु¥याएको पाइएमा १५ दिनभित्र प्रक्रिया पूरा गर्न वा कानुन बमोजिम मुद्दाको किनारा गर्न आदेश दिन सक्ने व्यवस्था छ ।
उच्च अदालतले सो निवेदनमाथि आउँदो बिहीबार पेशी तोकेको छ ।


मोरङ जिल्ला अदालतका न्यायधीश नारयणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएका थिए ।


हाल मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, छिरिङ वान्देल गुरुङलाई काठमाडौ ल्याईएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD