१६ बैशाख २०८१, आइतबार
Header

३३ केजी सुन तस्करी प्रकरणमा गठित अनुसन्धान समितिको म्याद थपियो


प्रकाशित: आईतबार, ३ असार २०७५, १३ः३८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सुनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका लागि गठित अनुसन्धान समितिको म्याद थपिएको छ ।

 
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको म्याद असार मसन्तसम्म थपेको छ । चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो ।


समितिले अनुसन्धान थालेपछि सुन तस्करीको ¥याकेट फर्दाफास भएको थियो नेपाल प्रहरीका उच्च अधिकारीहरुको प्रत्यक्ष संग्लनता पनि बाहिर आएको थियो । नेपाल प्रहरीका एसएसपी श्याम खत्री, दिवेश  लोहनी, पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकास खनाल लगायत ६ जना प्रहरी थुनामा छन् ।

 
समितिले त्रिभुवन विमानस्थलबाट तस्करीको ३८ सय किलो सुन भित्रिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ ।


साथै टोलीकै निर्देशनमा सुन तस्करीमा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता भइसकेको छ ।


सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेति गोरेसहित ३२ जनालाई अदालतले पूर्पक्षको लागि थुनामा पठाएको छ । 


समितिले ३३ केजी सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई समितिले खोजी गरिरहेको छ । काठमाडौंमा रहेको अग्रवालको घरमा समितिले जेठ २५ मा छापा मारी ३० लाख रुपैयाँ नगदसहित सुनचाँदी तथा महत्वपूर्ण कागजपत्र समेत बरामद गरेको छ ।


गत सोमवार सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको न्यूरोड र दरवार्गमा रहेको आरके ज्वेलर्समा समेत छापा पसलबाट ३० करोड रुपैयाँ बराबरको सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको छ ।


त्यस्तैगरी सुन तस्करी प्रकरणमा फरार रहेका चेतन भण्डारीले संचालन गरेको बाजेको सेकुवा कर्नरमा समेत बुधवार छापा मारि राजधानीका ६ वटा आउटलेट बन्द गरिदिएको छ ।
 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD