काठमाडौं । सुन तस्करी रोक्न सरकार असफल भईरहेको बेला पछिल्लो समयको चर्चित बनेको ३३ केजी सुन प्रकरणले सबैको ध्यान तानेको छ ।
गत फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेपछि यो प्रकरण एकाएक चर्चामा आएको हो ।
एयरपोर्टबाट सेटिंग मिलाई बाहिर आएको ३३ केजी सुन बिच बाटैबाट हराएपछि हत्याको श्रंखला बढेको हो । थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गत साल माघ २२ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्र एक भयंकर दुर्घटनामा मृत्युभएपछि हत्याको श्रंखाला सुरु भएको आशंका सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरेको हो ।
त्यसैगरी गत चैत ३० गते ३३ केजी सुन प्रकरणकै बिषयमा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका काठमाडौँको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीको रहस्यमय हत्या या आत्महत्याले घट्ना रहस्यमय बन्दै गएको छ ।
सरकारलाई ३३ केजी सुन प्रकरणको दवाव चौतर्फी पर्न थालेपछि सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान थाल्ने क्रममा उच्चपदस्थ, व्यपारीहरुको संग्लनता धमाधम बाहिर आउन थालेको छ ।
अहिले अनुसन्धान घेरामा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एयरवेजका एक कर्मचारी लगायतका रहेका छन् ।
३३ केजी सुन तस्करीका मुख्य नाइके भएको आरोपमा प्रहरीले मोरङको उर्लावारी घर भएका चुडामणि उप्रेती ’गोरे’ यति खेर विशेष अनुसन्धान टोलीको खोजी सूचीमा छन । लामो समयदेखि सुन व्यापार गरिरहेका गोरेको पूर्व्डिआइजीदेखि बहालवाला एसपीसम्म पटक(पटक सम्पर्क भएको अनुसन्धानमा देखिएको छ ।
Categorized in राष्ट्रिय