२५ बैशाख २०८१, मंगलबार
Header

३३ केजी सुनतस्करी प्रकरण प्रतिवेदन समितिले सरकारलाई बुझायो


प्रकाशित: बुधबार, १६ साउन २०७५, २०ः४२ बजे
- महानगरखबर

काठमाडौँ । बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणको प्रतिवेदन छानविन समितिले सरकारलाई बुधबार बुझाएको छ ।

 
सनम शाक्य हत्याकाण्डसँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरण प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा‘बादल’ को उपस्थितीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो । 


३३ केजीसुन हराएपछि भरिया सनम शाक्यको हत्या लगतै घट्नाले संचारमाध्यममा चातर्फी चर्चा र हत्याराको छानविनको लागि दवाव सिर्जना भएपछि सरकारले वि.स. २०७४ चैत्र २० गते गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजक्त्वमा छानविन समित गठन गरेको थियो । 


सो छानविन समितिले सनम शाक्यको हत्यारासहित सुन तस्करीको ठुलो ¥याकेटको पर्दाफास गरिदियो । 


सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ । गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको थियो । 


समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त चुरामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गरेको थियो ।


यस्तै प्रहरीबाट पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललगायतलाई पक्राउ गरेको थियो ।


सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन भने अन्य फरार रहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD