कठमाडौं । सनम शाक्य हत्याकाण्डसँग जोडिएको ३३ किलो सुन तस्करी प्रकरणका थुनछेक बहषमा वादीतर्फबाट अभियुक्तहरुको बयान लिने काम सकिएको छ ।
जिल्ला अदालत मोरङमा जारी थुनछेक बहसमा आईतबारदेखि प्रतिवादीको तर्फबाट बहष सुरु हुने भएको छ ।
प्रतिवादीको तर्फबाट बहसका लागि काठमाण्डौका वरिष्ठ अधिवक्ताहरु विराटनगर पुगेका छन् । आइतबारदेखि सुरु हुने प्रतिवादीको तर्फबाट हुने बहसमा संलग्न हुन काठमाडौंसहित पूर्वका गरी ७९ जना वकिलले वकालतनामा दर्ता गराएको छ ।
बहषका लागि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ, शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, शुशिल पन्त, अधिवक्ता उद्धब केसी, मनिषा बस्नेत, रमिता महर्जनले बहस गर्न अदालतमा वकालतनामा दर्ता गराइसकेका छन् ।
मोरङ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा मुद्दाको पक्षमा ७ जना सरकारी वकिलहरुले विहीवार र शुक्रबार बहस गरेका थिए ।
Categorized in राष्ट्रिय