१२ भाद्र २०८३, शुक्रबार
Header

३३ किलो सुन प्रकरणः काठमाडौं जिल्ला आदालतबाट सुनवाई सुरु


प्रकाशित: सोमवार, २७ पुष २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ३३ किलो सुन प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालत काठमाडौंले सुनवाई सुरु गरेको छ ।


चार वर्षअघि त्रिभुवन विमानस्थलबाट बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दा न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा सोमवारदेखि देखि सुनुवाइ सुरू भएको हो । 


सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले गरेको बहस नसकिएपछि यो मुद्दा हेर्दा हेर्दैलाई मंगलबारलाई सरेको छ । 


सुनसँगै पक्राउ पर्नेमा हरिबन्दु कार्की, दिलबन्धु थापा र गोपाल बहादुर शाहीको बयानपछि दुबईबाट चुडामणी उप्रेती (गोरे) र हरि खड्काले उक्त ३३ किलो सुन पठाएको र भन्सारका ६ कर्मचारीको मिलेमतोमा विमानस्थलबाट बाहिरिएको खुलेको थियो । 


उक्त सुन प्रकरणमा भन्सारका ५ कर्मचारी सहित ३३ जनालाई प्रतिवादी बनाइएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex