१२ बैशाख २०८१, बुधबार
Header

३१ लाख ८० हजार भारु सहित २ पक्राउ


प्रकाशित: बुधबार, २३ जेठ २०७५, १३ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले बीरगंजबाट लुकाई छिपाई २ हजारका दरको  ३१ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

 
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३० बर्षीय चित रन्जन प्रसाद र भारत मोतिहारी बस्ने १८ बर्षीय रोहित केशरी रहेका छन् ।

 
बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ आँउदै गरेको उनीहरु सवार ना.२७ प ३८११ नम्वरको मोटरसाइकललाई चेक गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त भारतीय नोट सहित उनीरुलाई पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD