१२ भाद्र २०८३, शुक्रबार
Header

३० लाख नाघ्यो डिम्याट खाता, आखिर के हो डिम्याट खाता ?


प्रकाशित: बुधवार, १९ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सेयर कारोवार गर्नेहरुको लागि डिम्याट खाता अनिवर्या गरेपछि यसको संख्या पनि हवात्तै बढेको छ । 


बुधवारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 


सेयर बजारमा सर्वसाधाणको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेहरुको संख्यापनि ह्वात्तै बढेको छ । 


सामन्य भाषमा डिम्याट खाता भन्नाले आफ्नो सेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो अर्थात सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ ।


आफूसँग सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ ।


अहिले बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ४ लाख हाराहारीमा रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।


आईपीओ भर्नेहरुको संख्या पनि बढेको छ । हालसम्म १६ लाख हाराहारीले मात्रै आईपीओका लागि आवेदन दिने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex