६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

३० बर्ग फिट भन्दा माथिको साईनबोर्ड १५ दिनभित्र हटाउन महानगरको आग्रह


प्रकाशित: मंगलवार, ५ पुष २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० बर्गफिट भन्दा माथिका परियच पार्टी (साईन बोर्ड) हटाउन आग्रह गरेको छ । 


महानगरको राजस्व विभाग बबरमहलले एक सुचना जारी महानगरपालिका भित्रका क्षेत्रभित्र व्यापार/व्यवसाय गर्ने, संघ, संस्था, कार्यलय, वित्तिय संस्था, सरकारी लगायतले सुचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको वर्गफिटमा भन्दा माथि भए सो हटाउन आग्रह गरेको छ । 


सो समयमा सम्बन्धीत पक्षले नहटाए महानगरको टोलीले हटाई सम्बन्धीत पक्षबाटै असुल उपर गराउने चेतावनी समेत दिएका छन । 


साथै विभागले तोकिएको ३० वर्गफुट भित्र रही परिचय पार्टी राख्न आग्रह गरको छ । ६ बर्गफुटदेखि ३० वर्गफुटसम्म लाग्ने शुल्क समेत निर्धारण गरिएको छ । 


६ वर्गफुटको एउटा मात्र राख्न पाईने बार्षिक रु पाँचसय, १५ वर्गफुट एक हजार ५ सय तोकेको छ ।


त्यसैगरी १५ वर्गफुट भन्दा माथि प्रतिवर्गफुटको १००० हजार तोएिको छ । १६ वर्गफुटको १६ हजार, १७ वर्गफुटको सत्र हजार तथा  ३० बर्षफुटको तिस हजार शुल्क निर्धारण गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex