काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरबाट मंगलवार राती ३० केजी चरेसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट सो परिमाणमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन ।
तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
Categorized in समाज